गोरखा । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय बालक यूनिष गुरुङको बुधबार साँझ बुढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ। गुरुङ एसईई परीक्षा दिनको लागि गाउँपालिका वडा नम्बर ४ स्थित थुमी आएका थिए।
प्रहरीका अनुसार, बुधबार साँझ करिब साढे ६ बजेतिर यूनिष गुरुङ बुढीगण्डकी नदीमा पौडी खेल्न गएका थिए। सोही समयमा नदीको बहावले उनलाई बगाएर डुबाएको थियो। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीको टोलीले तत्कालै खोजी अभियान सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार, बगाएको स्थानदेखि एक किलोमिटर तल बालक गुरुङलाई मृत अवस्थामा फेला परेको बताए । साथै घटनामा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…