गोरखा । गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ।
आज दिउँसो करिब ४:३० बजे दरौदी नदीमा आफ्ना साथीहरूसँग पौडी खेल्ने क्रममा बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ वर्षीय आयुष गुरुङ डुबेर बेपत्ता भएका थिए।
सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली तथा स्थानीयवासीहरूको सहयोगमा खोजी कार्य सुरु गरिएको थियो। खोजीको क्रममा आज साँझ ७:३० बजे गुरुङलाई डुबेको स्थाननजिकैको पानीको गहिराइमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
घटनासम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
