Categories: समाचार

गोरखामा आज देखि दोस्रो रैथाने खाना महोत्सव सुरु, आठ दिनसम्म चल्ने (फोटोफिचर)

गोरखा । नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा गोरखा सदरमुकाम हरमटारीमा ‘दोस्रो रैथाने खाना महोत्सव २०८१’ सुरु गरिएको छ। गोरखा होटल व्यवसायी संघको आयोजनामा सञ्चालित उक्त महोत्सव गोरखा नगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सञ्चालनमा आएको हो। महोत्सव आजबाट सुरु भई आगामी बैशाख २ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सवको उद्घाटन नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए। उद्घाटन समारोह झाँकीरहित र्यालीका साथ सुरु गरिएको थियो, जसले गोरखा बजारको परिक्रमा गरी महोत्सव स्थल हरमटारी खेलकुद मैदानमा पुगेर औपचारिक कार्यक्रमको थालनी गरेको थियो।

गोरखा होटल व्यवसायी संघका सचिव सुमन श्रेष्ठका अनुसार, महोत्सवको उद्देश्य नेपाली नयाँ वर्षको अवसरमा गोरखामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्नु हो। पोखरा जस्तै गोरखालाई पनि नयाँ वर्ष मनाउने गन्तव्यस्थल बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा गोरखाका विभिन्न जातजातिका रैथाने खानाको प्रस्तुति, तिनीहरूको धर्म, भेषभूषा र सांस्कृतिक पहिचान झल्काउने कार्यक्रमहरू समावेश गरिएका छन्। साथै, कृषि प्रदर्शनी, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि महोत्सवमा आकर्षणको केन्द्र बन्नेछन्।

आठ दिनसम्म सञ्चालन हुने महोत्सवमा १४० वटा स्टल राखिएका छन्, जसमा ४३ वटा स्टल रैथाने खानाका लागि निःशुल्क प्रदान गरिनेछ। आयोजकका अनुसार महोत्सव सञ्चालनमा करिब ३७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

गोरखा होटल संघले यसअघि २०८० सालको चैत्रमा पहिलोपटक सडक खाना महोत्सवको आयोजना गरेको थियो।

यस वर्षको महोत्सवले गोरखाको संस्कृति, एकता र विरताको पहिचानलाई उजागर गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

पालुङटारका ४ हजार ५८२ सामुदायिक विद्यालयका विद्यार्थीको दुर्घटना बिमा

गोरखा । पालुङटार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीको सामूहिक दुर्घटना…

57 years ago

गोरखामा ट्रामाडोलसहित दुई जना पक्राउ

गोरखा प्रहरीले ट्रामाडोल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बिहीबार…

57 years ago

डिभिजन वन कार्यालय गोरखाको चेतावनी: ७ दिनभित्र अवैध संरचना हटाउनू

गोरखा,असार २४ । गोरखा नगरपालिका–११ को १२ किलो क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वन क्षेत्रभित्र निर्माण…

57 years ago

२०७४ सालदेखि निरन्तर पूर्णखोप सुनिश्चितता कायम गर्दै आएको गोरखा पुनः घोषणा

गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।…

57 years ago

डोल्पामा बोलेरो दुर्घटना : एकको मृत्यु, १३ घाइते

२१ असार २०८३ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको…

57 years ago

हिंस्रक ध्रुवे फेरि बस्तीमा, आमाछोरासहित २५ जनाको ज्यान लियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’को आक्रमणमा भरतपुर महानगरपालिका–२३ की २१…

57 years ago