Categories: समाचार

गोरखा–जितगढी ऐतिहासिक पदयात्रा टोली दमौलीमा, मुख्यमन्त्रीबाट स्वागत

गोरखा । गोरखाबाट सुरु गरिएको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा अन्तर्गतको टोली आज तनहुँको दमौलीमा पुगेको छ । ११ दिने यस विशेष पदयात्रामा सहभागी नेपाली सेनाको टोलीलाई गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दमौलीमा स्वागत गर्दै झण्डा हस्तान्तरण गरेका थिए।

मुख्यमन्त्री पाण्डेले पदयात्राको महत्त्वबारे चर्चा गर्दै यो यात्राले नेपाल, नेपाली र गोर्खालीको गौरवशाली इतिहासलाई जीवन्त राख्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको बताए। उनले ऐतिहासिक स्मृतिलाई संजोएर नयाँ पुस्तामा देशप्रेम र इतिहासप्रतिको सरोकार थप बढाउने खालको अभियानका रूपमा यात्रालाई मूल्यांकन गरेको बताए।

नेपाली सेनाले तेस्रो संस्करणको रूपमा आयोजना गरेको यस पदयात्रा बिहीबार गोरखा दरबारबाट सुरु भएको हो। गोरखा दरबारबाट जितगढीसम्मको ऐतिहासिक रुटमा आधारित यो पदयात्रा नेपालको ऐतिहासिक संघर्ष र वीरताको कथालाई सम्झाउने उद्देश्यले सञ्चालन हुँदै आएको छ।


यो पदयात्राले राष्ट्रिय एकता, इतिहासप्रतिको सम्मान र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago