गोरखा, वैशाख ११ । अदालतको फरार सूचीमा रहेका एक जना प्रतिवादीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ। उनीमाथि अवैध विदेशी मुद्रा ओसारपसारको मुद्दामा अदालतले जरिवाना तोकेको थियो।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, गोरखा जिल्ला अदालतबाट सन् २०७८ सालमा अवैध विदेशी मुद्रा ओसारपसार मुद्दामा ११ लाख ६ हजार ७ सय ९० रुपैयाँ जरिवाना तोकिएका ४४ वर्षीय सोनाम दोर्जे लामा (बसोबास: साविक ल्हो गाविस–८, गोरखा) फरार थिए।
फैसला कार्यान्वयन गर्न गठित विशेष टोलीले लामालाई हालै पक्राउ गरी आज वैशाख ११ गते अदालतमा पेश गरेको हो। अदालतको आदेश अनुसार, जरिवाना तिर्न असमर्थ भएका लामालाई प्रतिदिन ३०० रुपैयाँ दरले कैदमा रूपान्तरण गरी १० वर्षको कैद सजाय तोकिएको छ।
उनलाई सजाय भुक्तानका लागि गोरखा कारागार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…