स्वास्थ्य

सहिद लखन–३ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब पाँच सय बिरामी लाभान्वित

गोरखा । गोरखा जिल्लाको सहिद लखन गाउँपालिका वडा नं ३ दार्सिङ स्थित श्री गङ्गाधर्म आधारभूत बिधालयको भवनमा नि:शुल्क स्वास्थ्यशिविर सम्पन्न भएको छ ।

शनिबार गुन्जमान सिंह अस्पताल, छिमेकी लघुबित्त बित्तीय संस्था लिमिटेड र सहिद लखन गाउँपालिका वडा नं ३ को संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

भरतपुरबाट आएका १० जना बढी वरिष्ठ चिकित्सकहरुको उपस्थितीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको वडा नं ३ का वडाध्यक्ष दिपक पाण्डेले जानकारी दिए । सो क्रममा ६ वटा सेवाहरु सञ्चालन गरिएको साथै औषधि निशुल्क वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा ४५० भन्दा बढीले निशुल्क सेवा लिएको उनले बताए । स्वास्थ्य शिविरमा २०० जना भन्दा बढीको भिडियो एक्सरे गरिएको थियो ।

साथै आज त्यहाँ उपचारबाट बञ्चित भएकाहरुको लागि गुन्जमान सिंह अस्पतालमा विशेष सहुलियतका साथ स्वास्थ्य परीक्षण र उपचार गरिने उनले बताए ।

त्यस्तै सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले यस प्रकारको शिविर समय–समयमा भई रहन अति आवश्यक रहेको र आज सम्पन्न गरिएको निःशुल्क शिविरका लागि वडा–३ का वडा अध्यक्ष पाण्ढे र संस्थाका कार्यकारी प्रमुख तिवारीलाई विशेष धन्यवाद दिँदै आगामी दिनहरुमा पालिकाका प्रत्यक वडामा स्वास्थ्य सिविर सञ्चालन गर्न विशेष पहल गर्ने प्रतिवद्धता गरे । साथै अध्यक्ष थापाले वडा–३ का सम्पूर्ण स्थानियवासीहरुलाई उक्त अवसरको लाभ लिन अनुरोध गरेका थिए ।

ग्रामीण भेगका मानिसहरु आर्थिक अभाव र विभिन्न कारणबाट उपचारबाट बञ्चित हुनबाट रोक्न आफूहरुले उक्त शिविर सञ्चालन गरेको छिमेकी लघुबित्त बित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले जानकारी दिए ।

‘ग्रामीण भेगका जनताको लुकेर बसेको रोग पहिचान गरि समयमै उपचार गर्न यसले सहयोग पुग्ने विश्वास लिएका छौँ । साथै आगामी दिन पनि यस्तै शिविर सञ्चालन गरेर ग्रामीण भेगका जनतालाई सहयोग गर्न लागिपर्नेछौँ ।’ उनले भने ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago