गोरखा । गोरखा जिल्लाको सहिद लखन गाउँपालिका वडा नं ३ दार्सिङ स्थित श्री गङ्गाधर्म आधारभूत बिधालयको भवनमा नि:शुल्क स्वास्थ्यशिविर सम्पन्न भएको छ ।
शनिबार गुन्जमान सिंह अस्पताल, छिमेकी लघुबित्त बित्तीय संस्था लिमिटेड र सहिद लखन गाउँपालिका वडा नं ३ को संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
भरतपुरबाट आएका १० जना बढी वरिष्ठ चिकित्सकहरुको उपस्थितीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको वडा नं ३ का वडाध्यक्ष दिपक पाण्डेले जानकारी दिए । सो क्रममा ६ वटा सेवाहरु सञ्चालन गरिएको साथै औषधि निशुल्क वितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा ४५० भन्दा बढीले निशुल्क सेवा लिएको उनले बताए । स्वास्थ्य शिविरमा २०० जना भन्दा बढीको भिडियो एक्सरे गरिएको थियो ।
साथै आज त्यहाँ उपचारबाट बञ्चित भएकाहरुको लागि गुन्जमान सिंह अस्पतालमा विशेष सहुलियतका साथ स्वास्थ्य परीक्षण र उपचार गरिने उनले बताए ।
त्यस्तै सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले यस प्रकारको शिविर समय–समयमा भई रहन अति आवश्यक रहेको र आज सम्पन्न गरिएको निःशुल्क शिविरका लागि वडा–३ का वडा अध्यक्ष पाण्ढे र संस्थाका कार्यकारी प्रमुख तिवारीलाई विशेष धन्यवाद दिँदै आगामी दिनहरुमा पालिकाका प्रत्यक वडामा स्वास्थ्य सिविर सञ्चालन गर्न विशेष पहल गर्ने प्रतिवद्धता गरे । साथै अध्यक्ष थापाले वडा–३ का सम्पूर्ण स्थानियवासीहरुलाई उक्त अवसरको लाभ लिन अनुरोध गरेका थिए ।
ग्रामीण भेगका मानिसहरु आर्थिक अभाव र विभिन्न कारणबाट उपचारबाट बञ्चित हुनबाट रोक्न आफूहरुले उक्त शिविर सञ्चालन गरेको छिमेकी लघुबित्त बित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले जानकारी दिए ।
‘ग्रामीण भेगका जनताको लुकेर बसेको रोग पहिचान गरि समयमै उपचार गर्न यसले सहयोग पुग्ने विश्वास लिएका छौँ । साथै आगामी दिन पनि यस्तै शिविर सञ्चालन गरेर ग्रामीण भेगका जनतालाई सहयोग गर्न लागिपर्नेछौँ ।’ उनले भने ।
गोरखा प्रहरीले जेन–जी आन्दोलनको अवसर पारेर कारागार फोडी भागेका ६ जना कैदीलाई नियन्त्रणमा लिएको छ…
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन…
गोरखा । पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’ (NepobabyNepal) ट्रेन्ड तीव्र बनेको छ ।…
गोरखा । नेपाल जेसिजले गोरखा जेसिजलाई उत्कृष्ट शाखा घोषित गर्दै सम्मान गरेको छ । भदौ…
गोरखा । गोरखाको स्याउली बजारमा आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते…
पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक…