यो साता मेष राशि भएकाहरूका लागि दिनहरू सामान्य रहने छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । साताको मध्यमा सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग वैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता चलाखी पूर्ण बोलीले काम बन्ला । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग निलो या पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
यो साता नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।
यो साता धार्मिक तथा लाभदायक यात्राहरू हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्था र शेयरबाजारबाट राम्रै सफता मिल्न सक्छ । मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
यो साता अनावश्यक ठाउँमा धन खर्च होला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने सम्भावना छ, सचेत रहनुहोला । मध्य साताबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग खैरो वा हल्का पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व महा सरस्वतीजीको स्मरण गर्नाले राम्रो हुनेछ ।
यो साता छोटो दुरीको लाभदायक यात्रा रहला । दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक कार्यमा सहजता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला । यो साताका लागि शुभअङ्क २,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
यो हप्ता घुमफिरमा आकर्षण बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउन सक्छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग हरियो वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ । मङ्गलवारबाट कुनै समाचारले मनमा शान्ति छाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो साता कीर्तिमानी काम गर्ने समय छ । दैनिक कार्यमा प्रगति हुनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीबाट सहयोग मिल्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन् । सन्तान सुख पनि मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
यो साता पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । बुधबार बाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहन सक्छ । यो साताका लागि शुभअङ्क १,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
यो हप्ता लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ, तर वैदेशिक कामकाजहरू भने कमजोर नै रहला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…