गोरखा, २०८२ बैशाख १५ । गोरखा जिल्ला शहिदलखन गाउँपालिका–१ बक्राङमा चट्याङ लागेर एक व्यक्तिको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, आइतबार बेलुकी करिब ७:५० बजे घरमै बसेका ४२ वर्षीय राजु खनाललाई अचानक परेको चट्याङले गम्भीर घाइते बनाएको थियो। घटनापछि इलाका प्रहरी कार्यालय मनकामनाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घाइते खनाललाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो। तर, अस्पतालमा लगिएको केही समयमै राति १०:४० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिएका छन् । मृतकको शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…