गोरखा । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–४ टुकराङमा काठको मुढा लागेर एक वृद्ध महिलाको मृत्यु भएको छ।
६९ वर्षीया बिमाया बराम घाँस काट्नका लागि बोरीखर्क जंगल गएकी थिइन्। दिउँसो करिब १ बजे माथिबाट खसेको काठको मुढा लाग्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ३ बजे बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जौबारीबाट अनुसन्धान टोली घटनास्थलतर्फ पठाइएको छ। साथै, घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
