Categories: समाचार

सिरानचोक गाउँपालिकामा उत्कृष्ट ४० उद्यमी सम्मानित

गोरखा, वैशाख १९ । गण्डकी प्रदेशको पाँच जिल्लाका पाँच गाउँपालिकामा सञ्चालित बृद्विमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम (GEEP) अन्तर्गत गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाबाट छनोट गरिएका उत्कृष्ट ४० जना उद्यमीलाई आज एक विशेष समारोहका बीच सम्मान गरिएको छ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, सिरानचोक गाउँपालिका र दायित्व नेपालद्वारा संयुक्त रूपमा सञ्चालित कार्यक्रममा पालिकाभित्रका १२५ जना सहभागीमध्ये उत्कृष्ट ४० उद्यमीलाई छनोट गरी सम्मान गरिएको हो।

कार्यक्रममा पालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा नं. ३ का अध्यक्ष जगदिश पोखरेल तथा दायित्व नेपाल गण्डकी प्रदेश संयोजक जुनतारा बुढा मगरले अबिर, माला र प्रमाणपत्रसहित उद्यमीहरूलाई सम्मान गरेका थिए।

संयोजक बुढा मगरका अनुसार सम्मानित ४० जना उद्यमीलाई शनिबार र आइतबार व्यवसायिक योजना निर्माणका लागि तालिम दिइनेछ। तालिमपछि उनीहरूले तयार पार्ने योजनाको मूल्यांकनका आधारमा थप उत्कृष्ट १० जनाको छनोट वैशाख २१ गते गरिनेछ।

यसका लागि पालिकाका प्रतिनिधि, स्थानीय शैक्षिक संस्था, बैंक, उद्योग वाणिज्य संघ र प्रशिक्षकसहितको पाँच सदस्यीय मूल्यांकन समिति गठन गरिएको छ।

छनोटमा परेका ४० जनाले जनही २५ हजार रुपैयाँका दरले पूरक अनुदान पाउनेछन् भने अन्तिम १० जनाले जनही १ लाख रुपैयाँको अतिरिक्त अनुदान प्राप्त गर्नेछन्।

गण्डकी प्रदेश सरकारले ४० लाख, सिरानचोक गाउँपालिकाले २० लाख र दायित्व नेपालले १५ लाख गरी कुल ७५ लाख रुपैयाँको कार्यक्रम सञ्चालन गरिएको हो। प्रदेश र पालिकाबाट प्राप्त ६० लाख अनुदान उद्यमीहरूलाई सिधै वितरण गरिनेछ भने दायित्व नेपालको १५ लाख प्राविधिक सहयोग, तालिम तथा व्यवस्थापन खर्चमा प्रयोग गरिनेछ।

सम्मानित उद्यमीहरू पाहुना घर सञ्चालन, कृषि, पशुपालन, मौरी पालन, सौन्दर्य सेवा, केरा, किवी, अलैँची तथा कफी खेतीमा संलग्न छन्।

गण्डकी प्रदेशभर ५ जिल्लाका ५ गाउँपालिकामा सञ्चालन गरिएको यो कार्यक्रम गोरखा जिल्लामा भने सिरानचोक गाउँपालिकामा मात्र लागू गरिएको हो, जसले स्थानीय उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago