गण्डकी प्रदेश समाचार

एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा

पोखरा, २३ वैशाख । एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका हुन् । समूहको बैठक वैशाख २७ गतेसम्म पोखरामा बस्ने छ ।
कार्यशाला सहितको बैठकमा एसिया प्यासिफिकमा हवाई उड्डयनको क्षेत्रले भोगिरहेको वन्यजन्तुजन्य जोखिमहरूको अवस्था, त्यसको न्यूनीकरण तथा समाधान र उड्डयन क्षेत्रलाई सुरक्षित बनाउने उपायहरूको खोजी गरिने विज्ञहरूले बताएका छन् । बैठकमा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुरक्षित हवाई यात्राको सुनिश्चितताका लागि विद्यमान जोखिमहरूको निदानमा जोड दिएका थिए । नेपाल सरकार यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने र प्रविधिमैत्री, सुविधायुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उड्डयन क्षेत्रको संवेदनशीलता प्रति आफूहरू सचेत रहेको बताए । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व नजिकै रहेको ल्याण्ड फिल साइड स्थानान्तरण गरी विमानस्थल सञ्चालनमा महानगरपालिकाले सहज वातावरण तयार गर्‍यौँ , ल्याण्ड फिलको स्थानान्तरण सजिलो थिएन तर, आवश्यक थियो, कयौँ अप्ठ्याराहरूको बिचबाट हामीले त्यसको व्यवस्थापन गर्‍यौँ नगर प्रमुख आचार्यले भन्नुभयो, विमानस्थलको संवेदनशीलता बुझेर हामीले तुरुन्त निर्णय गर्‍यौँ र एक महिनाभित्रै उक्त ल्यान्डफिललाई सुरक्षित दूरीमा सार्यौं, यो संवेदनशीलताले पनि पुष्टि गर्दछ की, हवाई सुरक्षामा स्थानीय सरकारको भूमिका कति महत्त्वपूर्ण हुन्छ ।” हवाई सेवालाई सुरक्षित बनाउन स्थानीय तहको सक्रियता र नेतृत्व उत्तिकै आवश्यक र प्रभावकारी हुने उनले बताए ।
“राम्रो नीति, बलियो स्थानीय नेतृत्व र क्षेत्रीय सहकार्यबाट मात्रै हामी हाम्रो आकाशलाई अझ सुरक्षित बनाउन सक्छौँ, नगर प्रमुख आचार्यले भन्नुभयो, हामी एक भू–परिवेष्टित देशका नागरिक हौँ, बद्लिँदो विश्व परिवेशमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सम्पर्क नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय बनिसक्यो, तसर्थ हामी हाम्रो सहरलाई हवाई सेवा मार्फत विश्वभर जोड्न चाहन्छौँ ।” पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई एसिया प्यासिफिक क्षेत्रका देशहरूमा जोड्न सकिने सम्भावनाको खोजी गर्न समेत उनले आग्रह गरे ।
सो क्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र  आइकाओ एसिया प्यासिफिकका क्षेत्रीय उपनिर्देशक मन्जित सिंह लगायतले हवाई सेवालाई सबैको पहुँचमा पुर्‍याउँदै यसका विद्यमान जोखिमहरूको समाधानमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिएका छन् । बैठकमा एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू सहित सरकारी अधिकारीहरूको सहभागिता रहेको छ ।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago