नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको शपथ, कोको मन्त्री बने?

समाचार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्रीको शपथ लिएका छन्।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री ओली तथा मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

राष्ट्रपतिले असार ३० गते ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए। ओली यसअघि २०७२ असोज २५  गते, २०७४ फागुन ३ गते र २०७८ वैशाख ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेका छन्।

मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ:

प्रधानमन्त्री: केपी शर्मा ओली

प्रकाशमान सिंह : उपप्रधान तथा शहरी विकास
विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थ
पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना प्रविधि
रमेश लेखक : गृह
शरतसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा
आरजु राणा : परराष्ट्र
प्रदीप यादव : खानेपानी
बलराम अधिकारी : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण
दामोदर भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्ति
नवलकिशोर साह सुडी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात
तेजुलाल चौधरी : युवा तथा खेलकूद
अजय चौरसिया : कानून, न्याय तथा संसदीय मामिला
विद्या भट्टराई : शिक्षा, विज्ञान तथा प्रविधि
मानवीर राई : रक्षा
दीपक खड्का : ऊर्जा, जलस्रोत तथा सिंचाइ
राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य प्रशासन
ऐनबहादुर शाही : वन तथा वातावरण
प्रदीप पौडेल : स्वास्थ्य तथा जनसंख्या
बद्री पाण्डे : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी : कृषि तथा पशुपन्छी विकास

Leave a Reply

Your email address will not be published. Required fields are marked *