पोखरा । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं ३ भाटखोला, काहुलेको सिरानमा नेपाने नामले प्रसिद्ध स्थान यति बेला एकाएक चर्चामा छ ।
तिखेचुलीको नामले पनि गाउलेहरू बीच चिरपरिचित उक्त स्थानमा कुनै समय महिलाहरू कुटि बनाएर बस्थे, नित्य पुजा पाठ, तपस्या गर्ने गर्दथे ।
कुटि वरपर वारि बनाएर खेती पाती गर्दथे, गाइहरु पल्दथे गाउलेहरुको मनस्थितिमा ती पलहरु आज पनि ताजै छन् ।
उक्त क्षेत्र भैरब सामुदायिक बनमा पर्दछ । केही महिना सम्म डरलाग्दो जंगल थियो । अहिले गाउँलेले तपस्नीको कुटी ब्यबस्थापन तदर्थ समिति गठन गरेर सरसफाइ गरेका छन् । त्यस वेलाका कुटी र गाइ गोठका नावशेषहरु, आँपका रुखहरु पनि देख्न सकिन्छ ।
खड्केटारी देखि बाँगे सम्मको खड्केटारी भाटखोला बाँगे पन्चासे सडकको छेउमा रहेको उक्त स्थानमा बैशाख २६ गते ७ जना पण्डित द्वारा होमन, रुद्री, चण्डी पाठ आदि धार्मिक अनुष्ठान गरिएको छ ।
पुजामा गण्डकी प्रदेश सभाका सदस्य तथा आँधिखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल, फेदिखोला गाउपालिकाका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ, फेदिखोला ३ का अध्यक्ष कृष्ण बहादुर रानाभाट, सदस्यहरु, आँधिखोला ५ का वडा अध्यक्ष कृष्ण प्रसाद पनेरु, उक्त स्थानको इतिहास संकलन कर्ता कृष्ण प्रसाद पनेरु (सागर) ले उक्त स्थान पहिलै संरक्षण गर्नु पर्नेमा ढिलो गरि भए पनि अब बहुबर्षिय योजना बनाएर काम गर्न अनुरोध गरेका थिए ।
उक्त स्थानलाई धार्मिक पर्यटनको बिकासको लागि गठन गरिएको तपस्नीको कुटी ब्यबस्थापन तदर्थ समितिका अध्यक्ष डिलबहादुर रानाभाटले अब उक्त स्थानलाई सबैको सल्लाह र सहयोगमा बहुबर्षिय योजना बनाएर, ध्यान केन्द्र, राधाकृष्ण मन्दिर, पिकनिक स्पट, दृश्यबलोकन स्थान, कम्पाउण्ड बाल बनाउने बताए ।
पुजा तथा उक्त स्थानको संरक्षणको लागि स्थानीय, देशबिदेशमा रहनु भएका संस्कृति प्रेमीहरुले आर्थिक सहयोग गरेका १ हजारदेखि माथि सहयोगदाता लाई सम्मान पत्र, ५ हजारदेखि माथि सहयोगदातालाई फ्रेम सहितको सम्मान पत्र, १० हजार भन्दा माथि सहयोग गर्ने दातालाई आकर्षक फ्रेममा सम्मान पत्र प्रदान गरिएको सचिव ताराबहादुर रानाभाटले बताए ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…