पब्जी च्याम्पियनसिपमा नेपालको डीआरएस दोस्रो र स्काईलाइट्ज तेस्रो

खेलकुद

नेपालले २०२२ पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसिपमा ५९ लाख नगद पुरस्कार जित्न सफल भएको छ । नेपालबाट सहभागी भएका डिआरएस गेमिङ र स्काईलाइट्ज गेमिङले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशीको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख (२.३ मिलियन) जितेका हुन् ।

४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गडलाईकले २६४ अंक हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । दोश्रो स्थानमा रहेको डिआरएसले २५६ अंक प्राप्त गर्यो । यस्तै तेश्रो स्थानमा रहेको स्काईलाइट्जले २३१ अंक प्राप्त गर्यो ।

१६ उत्कृष्ट टिमको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालबाट डिआरएस र स्काईलाइट्ज लगायत हाइभोल्टेज, इलेमेन्ट्रिक्स, ट्रेन्ड टु किल र भेनम लिजेन्डले प्रतिस्पर्धा गरेका थिए । यसका साथै डिआरएस, स्काईलाइट्ज र ट्रेन्ड टु किल पब्जी मोवाइल ग्लोबल च्याम्पियनसिपको लागि पनि छनोट हुन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *