Categories: समाचार

गोरखामा दुईवटा चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

गोरखा । मोटरसाइकल चोरी गरी लुकाई छिपाई राखी बिक्री वितरण गर्ने प्रयासमा संलग्न एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला गोरखाको वारपाक सुलिकोट गाउँपालिका वडा नं ०४ स्थायी ठेगाना भई हाल अजिरकोट गाउँपालिका वडा नं ०४ मा बसोबास गर्दै आएका वर्ष १८ का संजिव तामाङलाई चोरीका दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।

गोप्य सूचनाको आधारमा मिति २०८२ साल जेठ २ गते दिउँसो साढे ४ बजे जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी कार्यालय, जौवारीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले संजिवको डेरामा खानतलासी गर्दा मोटरसाइकलहरू फेला पारेका हुन्।

खानतलासीको क्रममा नम्बर प्लेट नभएको, इन्जिन नं DH2WGG42195 र च्यासिस नं MDZA1126GW27288 भएको १५० सिसिको एक थान पल्सर मोटरसाइकल तथा बा ६४ प ५६६६ नम्बरको रातो-कालो रंगको २२० सिसिको पल्सर मोटरसाइकल (इन्जिन नं DKYCJC49838 र च्यासिस नं MD2A13EY6JCG50017) बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जेठ ४ गते आइतबार (आज) गोरखा जिल्ला अदालतबाट म्याद थप अनुमती लिइएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन्  ।

साथै, प्रहरीले सर्वसाधारणलाई सस्तो मूल्यमा पाइने लोभमा परेर कागजात नभएका सवारी साधन नकिन्न समेत आग्रह गरेको छ। साथै, कागजात नभएका सवारी साधन देखेमा नजिकको प्रहरी कार्यालय वा यातायात कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago