गण्डकी प्रदेश समाचार

गण्डकी प्रदेश दीर्घकालिन पुनस्र्थापना केन्द्रको उद्घाटन

पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुनस्र्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा ३३ पुष्पवस्तीमा रहेको उक्त पुनस्र्थापना केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । “यो केन्द्र गण्डकी प्रदेशको सामाजिक रुपान्तरणको अभियानमा कोशेढुङ्गा सावित हुनेछ ।”, उनले भने ।

प्रदेश सरकारको ७०% र पोखरा महानगरको ३०% लगानीमा उक्त केन्द्र संचालन हुने भनाई उनको छ । “संचालनको स्पष्ट मोडालिटी नहुँदा अहिलेसम्म समस्या भएको थियो । अब त्यस्तो समस्या छैन । पुनस्र्थापना केन्द्र संचालनका लागि स्पष्ट कार्यविधि बनाइएको छ । सोहिअनुसार संचालन हुनेछ ।”, उनले भने ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ८४ वटै पालिकामा न्यायिक सहजकर्ता पठाइसकेको उल्लेख गरे । अब मनोसामाजिक परामर्शदाता पनि पालिकासँग सहकार्य गरेर पठाउने सुरुवात भएको उनको भनाई छ । आत्महत्या दर शून्यमा झार्ने लक्ष्य सहित प्रदेश सरकार लागि रहेको उनले बताए ।  राज्यले अभिभावकत्व ग्रहण गर्दै पुनस्र्थापना कार्यक्रमलाई अगाडि बढाउने कुरामा विश्वस्त हुन उनको आग्रह छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश दीर्घकालिन पुनस्र्थापना केन्द्रको उद्घाटन आफ्नो कार्यकालको महत्वपूर्ण कार्य भएको बताए । पुर्नस्थापना केन्द्र संचालनमा गण्डकी सरकारबाट कुुनै समस्या नरहने र बजेट व्यवस्थापन समेत त्यहिअनुरुप हुने उनले जानकारी गराए । हिंसापिडित महिलाहरुलाई कम्तीमा ६ महिना र बढीमा २ वर्ष सम्म राख्ने व्यवस्था मिलाउने गरी पुर्नस्थापना केन्द्र संचालनमा आएको मन्त्री थापाले बताएका छन् ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फण्डकै कारण योजनाहरू अलपत्र पर्नु नहुने बताए ।  प्रदेश सरकारले नेतृत्व गर्ने गरी, महानगर र प्रदेश सरकार मिलेर भौतिक पूर्वाधारदेखि मनोपरामर्शसम्मको सेवामा सहकार्य गर्ने भनाई उनको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एकद्वार प्रणालीबाट संचालन हुनेगरी सामूहिक प्रयासमा केन्द्र अगाडि बढ्नुपर्ने धारणा राखे । प्रमुख सचिव शोभाकान्त पौडेलले दीर्घकालीन रूपमा स्थायी संस्था निर्माण गरी रिजल्ट दिने ढंगले अगाडि बढ्नुपर्ने औंल्याए ।
कार्यक्रममा कोपिला नेपालकी विना सिलवालले घरपरिवार र समाजबाट समस्या भोगेका छोरीहरूको संरक्षण गृह हुनुपर्छ भन्ने उद्देश्यले आफुहरु लागेको र त्यसले सार्थकता पाएको बताइन् । “संरचना तयार भए पनि कार्यान्वयन हुन नसक्नु दुःखद थियो । तर अब सरकार संवेदनशील बनेको आभाष भएको छ ।”, उनले भनिन् ।

पुनस्र्थापना केन्द्र संचालनका लागि २०७५ सालमै पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबीच समझदारी भए तापनि कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो । सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको विशेष पहलमा उक्त केन्द्र अहिले संचालनमा आएको हो ।

केन्द्रको उद्घाटनसँगै अहिले घर–परिवार तथा समाजबाट समस्या भोगेका छोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुव्र्यसनमा फसेकाहरूको दीर्घकालीन पुनस्र्थापनाको थालनी हुने विश्वास गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सांसद भीम कार्की, रेखा गुरुङ, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकाल,  पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी लगायतले बोलेका थिए ।

समाजमा दीर्घकालीन पुनस्र्थापनाको आवश्यकता र यसको प्रभावकारितालाई मध्यनजर गर्दै उद्घाटन भएको यो केन्द्र गण्डकी प्रदेशका लागि मात्र नभई समग्र नेपालको पुनस्र्थापना र मानसिक स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago

८ महिनामै बनेको लुदी खोला मोटरेबल पुल उद्घाटन, मनकामना यात्रामा सहजता

गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…

57 years ago