Categories: समाचार

कांग्रेस प्रदेश समितिद्वारा नेता कृष्ण केसी लगायतको कारबाही बिनासर्त फुकुवा गर्न माग

पोखरा, ५ साउन ।

स्वाभिमानि इमान्दार, कर्तव्यनिष्ठ र विकासप्रेमी नेताको रुपमा जनतामा आफ्नो पहिचान बनाएका नेपाली कांग्रेसका नेता कृष्ण केसी लगायत नेताहरुमाथि भएको कारबाहीप्रति कांग्रेसका नेता तथा कार्यकर्ताले निःसर्त फुकुवाको माग गरिरहेका छन् ।

कांग्रेस अनुशासन आयोगले गरेको कारबाही विरुद्ध कांग्रेसका उच्च नेता, कार्यकर्ता र भातृ संगठनका पदाधिकारीले कारबाही अनुपयुक्त, विरोधाभास, व्यक्ति केन्द्रीत र राजनीतिक प्रतिशोधको रुपमा आएको भन्दै उनीहरुले तुरुन्त बिनासर्त फुकुवा गर्न माग गरेका हुन् ।

यसैबीच, नेपाली कांग्रेस प्रदेश सभा, क्षेत्रीय कार्यसमितिको कार्यालय क्षेत्र नं १ ख कास्कीको पूर्ण बैठकले निर्णय गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजकलाई अनुशासनको कारबाही पुनरावलोकन खारेज सम्बन्धमा पत्र लेख्दै कारबाहीप्रति गम्भिर आपत्ति प्रकट गरिएको छ ।

सभापति कृष्णप्रसाद कोईराला, समितका पदाधिकारीसहित २८ जनाले लिखित रुपमा सो आपत्ति जनाउदै कारबाही पूर्णतः अन्यायपूर्ण, पूर्वाग्रही र गुटको प्रभावमा आधारित भएकोले गम्भिर आपत्ति प्रकट गरिएको जनाईएको छ ।

पत्रमा लेखिएको छ, नेपाली कांग्रेसभित्र पार्टी विधान, लोकतान्त्रिक मूल्य र सांगठनिक मर्यादाको विपरित प्रतिशोधपूर्ण, पूर्वाग्रही र गुटबन्दिको प्रभावमा २०८२ असार २५ गते केन्द्रीय संयोजक आनन्द ढुंगानाको नाममा प्रेसित अनुशासनको कारबाही गरिएको घटनाले सम्पूर्ण पार्टी अनुशासित कार्यकर्ता र आम कांग्रेस परिवारलाई दुःखी र आक्रोसित बनाएको छ ।

विशेषतः कास्कीका निवर्तमान सभापति नेता कृष्ण केसी, पूर्व आमन्त्रित केन्द्रिय सदस्य कुमार खड्का र भावना श्रेष्ठ लगायतका नेता, कार्यकर्तामाथि गरिएको कारबाहीले नेपालको ठूलो र पूरानो पार्टीप्रति जनतामा बितृष्णा बढाएको र नजिकिदै गरेको १५ औं महाधिवेशन तथा आम निर्वाचनको समयमा बिगत ३ वर्ष अगाडी भएको निर्वाचनको विषयलाई लिएर हाल आएर भएको अन्यायपूर्ण निलम्वनले कांग्रेसमा गुट, अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता झल्काएको उल्लेख छ ।

पत्रमा पार्टीको निर्णय लोकतान्त्रिक प्रक्रिया र निष्पक्ष छानबिनको आधारमा हुनुपर्नेमा व्यक्ति विशेषका आन्तरिक स्वार्थ र सत्ता लोलुपताले प्रभावित भई कारबाही गरिएको भन्दै गम्भिर आपत्ति प्रकट गरिएको छ ।

कारबाहीको विरुद्धमा अगाडी लेखिएको छ, सो निर्णयले पार्टी नीति, विधान र लोकतान्त्रिक मूल्यहरुमाथि प्रहार गरेको छ । पार्टीका शुभचिन्तक र विभिन्न समितिहरुले यो निर्णय फिर्ता लिन माग गर्दै नेता कृष्ण केसी लगायत माथिको अन्यायपूर्ण कारबाही तत्काल फिर्ता गरियोस् । निष्पक्ष छानबिन र आन्तरिक लोकतन्त्र सुनिश्चित गरियोस् । यो कारबाही पूर्वाग्रही, अन्यापूर्ण र संगठनको एकतामाथिको चोट हो ।

पार्टीको एकता र सिद्धान्त जोगाउन निर्णय तत्काल सच्याइनु पर्ने दृढ माग छ । निर्णय नसच्चिए सिंगो कांग्रेस कमजोर हुन्छ र बिपक्षी बलियो हुने निश्चित छ । न्याय र एकताको पक्षमा हामी एक छौं । निर्णय सच्याईएन भने जिल्ला संगठनलाई ठूलो क्षति हुनेछ भनिएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago