गण्डकी प्रदेश समाचार

कञ्चन पत्रकारिता पुरस्कारबाट राम गुरुङ र कैलाशबाबु श्रेष्ठ सम्मानित

पोखरा, साउन २७ । कञ्चन पत्रकारिता पुरस्कार २०८२ कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल)लाई प्रदान गरिएको छ।

व्यवसायी बिमलमान गुभाजू र परिवारले आफ्ना दिवंगत आमा–बाबुको स्मृतिमा स्थापना गरेको पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पोखरामा आयोजित समारोहमा प्रदान गरेको हो। सम्मान स्वरूप दुवै पत्रकारलाई दोसल्ला, सम्मानपत्र र २५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो।

कार्यक्रममा पोखरा महानगर प्रमुख धनराज आचार्य, पुरस्कारदाता बिमलमान गुभाजू, फोनिज गण्डकी अध्यक्ष खीमा गुरुङलगायतले सम्मान गरेका थिए। २६औं फोनिज स्थापना दिवसको अवसरमा प्रदान गरिएको यो पुरस्कार पत्रकारितामा सक्रिय दुई व्यक्तित्वलाई हरेक वर्ष दिइँदै आएको छ।

प्रमुख आचार्यले पुरस्कार निरन्तर मेहनतको परिणाम भएको उल्लेख गर्दै यसले पत्रकारितामा थप हौसला दिने बताए। सम्मानित पत्रकार श्रेष्ठले पत्रकारिता पेसामा विगतदेखि अहिलेसम्म धेरै परिवर्तन आएको बताउँदा, फोटो पत्रकार गुरुङले पुरस्कारले निरन्तर क्रियाशील रहन प्रेरणा मिलेको प्रतिक्रिया दिए।

कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी, पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलसहितका वक्ताले निष्पक्ष र पारदर्शी पत्रकारिताको आवश्यकता औंल्याए।

२०७७ सालमा स्थापना भएको कञ्चन पत्रकारिता पुरस्कारबाट यसअघि १० जना पत्रकार सम्मानित भइसकेका छन्।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago