पोखरा ।
एपोलो पेन्ट्स पिजेन्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता हुने भएको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवम् प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भदौं ५ गते पोखरामा आठौं संस्करणको कृषि तीज गीत प्रतियोगिता हुन लागेको हो ।
प्रदेशका ९ जिल्लाबाट कृषि ज्ञान केन्द्रले छनोट गरेर पठाएका समूहबिच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक घनश्याम पाण्डेले जानकारी दिए । मनाङ र मुस्ताङबाहेकका सबै जिल्लाले सहभागी हुने पाण्डेले बताए ।
प्रतियोगिताको विजेता हुने समूहले ५५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र पाउनेछ । दोस्रो हुने समूहलाई ३३ हजार ३३३, तेस्रो हुने समूहलाई २२ हजार २२२ र सान्त्वना हुने समूहलाई ११ हजार १११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट नृत्य प्रस्तुत गर्ने ३ जनालाई आकर्षक सारी र उत्कृष्ट भेषभुषालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक पाण्डेले बताए ।
प्रतियोगितामा चर्चित कलाकार राजु परियार, प्रजापती पराजुली, शुशिला गौतम, राजन कार्की, सरला पाण्डे लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ । कार्यक्रममा प्रवेश निशुल्क गरिएको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…