गोरखा, साउन ४ ।
गोरखा जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका–३, घलाङमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
श्री राष्ट्रिय माध्यामिक विद्यालयको प्रांगणमा आयोजना गरिएको उक्त शिविरमा करिब २०० जनाको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रमका मूल संयोजक रचन परियारले जानकारी दिए ।
गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना प्रमुख अतिथि तथा वडा नं ३ का वडाध्यक्ष चुल बहादुर कुँवर विशेष अतिथि रहेका थिए ।
जिल्ला अस्पताल गोरखा, गोरखा लायन्स आँखा सेवा केन्द्र र संगम मेडिहेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा रक्त परीक्षण, आँखा जाँच, रक्तचाप र मधुमेह (सुगर) परीक्षण गरिनुका साथै बिरामीलाई आवश्यक औषधि नि:शुल्क वितरण गरिएको थियो ।
शिविरमा जिल्ला अस्पताल गोरखाका डा. अहमद रजाज मियाको नेतृत्वमा ल्याब टेक्निसियन निरुता मालबुल, ल्याब असिस्टेन्ट सलिना गुरुङ, नेत्र सहायक दिपना थापा सिन्जाली लगायतको टोलीले सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा गोरखा जेसीजका पूर्वअध्यक्ष भगवान बाबु मास्के, डिल बहादुर बस्नेत र प्रबिन बस्नेतको समेत उपस्थिति थियो । शिविरको संयोजन जेसी संगम बाबु श्रेष्ठले गरेका थिए ।
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…