गोरखा । गोरखाको छेवेटारस्थित गोरखा मेमोरियल हस्पिटल प्रालिले बिना अनुमति स्वास्थ्य शिविर सञ्चालन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गर्दै कार्यक्रम रोक लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अस्पतालले गर्न लागेको निःशुल्क भिडियो एक्सरे तथा हाड–जोर्नीसम्बन्धी बिरामी चेकजाँच कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।
बैठकपछि अस्पतालका व्यवस्थापक दाउत तामाङलाई प्रशासनले बयान लिई तारेखमा छाडेको छ । ‘अस्पताल दर्ता भएपनि अहिलेसम्म नविकरण नगरिएको पाइएकाले तत्काल नविकरण गर्न निर्देशन दिइएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
उनका अनुसार अस्पतालको दर्ता नवीकरण नगरिएको र आवश्यक कागजात नपुगेकाले थप अनुसन्धान अघि बढाइएको छ ।
प्रशासनले बोलाएको बैठकमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिक, वडा नं. ५ का वडाध्यक्ष विण्णु बहादुर राना, प्रदेश गोरखा अस्पतालका मेसु डा. सिद्धार्थ खनाल, गोरखा नगरपालिकाका निश्चल अर्याल, जिल्ला जनस्वास्थ्य कार्यालयका सुकमेल बरालसहित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…