गोरखा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष ०८२–०८३ का लागि १५ लाख रुपैयाँको अनुदान विनियोजन गरेको छ ।
कार्यालयका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा. अनन्त कोइरालाका अनुसार सहकारीमार्फत दूध संकलन गर्ने किसानलाई प्रति लिटर ५ रुपैयाँका दरले अनुदान दिइने व्यवस्था गरिएको हो । उनका अनुसार यो कार्यक्रमले साना किसानलाई संगठित बनाउन, पशुपालन व्यवसायलाई आकर्षक बनाउन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन सहयोग गर्नेछ ।
अनुदान लिन किसानले कार्यालयमा सूचीकृत दूग्ध उत्पादन सहकारीमार्फत दूध संकलन गराउनुपर्ने कार्यविधि बनाइएको छ । सहकारीमार्फत मात्र रकम वितरण हुने भएकाले किसानले संकलित दूधको प्रमाण पेश गर्नुपर्नेछ ।
गत वर्ष १० लाख रुपैयाँ विनियोजन गरिएकोमा यस वर्ष रकम बढाएर १५ लाख पुर्याइएको छ । गत आर्थिक वर्ष ०८१–०८२ मा गोरखा नगरपालिका–१४ को बुढीकोटी दुग्ध उत्पादन सहकारीले मात्र आवेदन दिएको भए पनि यसपटक सिरानचोक र पालुङटार नगरपालिकामा सहकारी स्थापना प्रक्रिया सुरु भएकाले अन्य किसानले पनि लाभ लिन सक्ने विज्ञ केन्द्रले जनाएको छ ।
पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवद्र्वन कार्यक्रम अन्तर्गत ‘उत्पादनमा आधारित प्रोत्साहन सहयोग’ नाम दिइएको यस अनुदानमार्फत करिब ३ लाख लिटर दूधमा सहयोग पुर्याइनेछ । सहकारीले दैनिक कम्तीमा २०० लिटर दूधको कारोबार गरेको हुनुपर्ने शर्तसहित मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
गोरखा प्रहरीले जेन–जी आन्दोलनको अवसर पारेर कारागार फोडी भागेका ६ जना कैदीलाई नियन्त्रणमा लिएको छ…
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन…
गोरखा । पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’ (NepobabyNepal) ट्रेन्ड तीव्र बनेको छ ।…
गोरखा । नेपाल जेसिजले गोरखा जेसिजलाई उत्कृष्ट शाखा घोषित गर्दै सम्मान गरेको छ । भदौ…
गोरखा । गोरखाको स्याउली बजारमा आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते…
पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक…