आर्थिक

गोरखामा दूधमा १५ लाख अनुदान, किसानलाई प्रति लिटर ५ रुपैयाँ सहयोग

गोरखा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष ०८२–०८३ का लागि १५ लाख रुपैयाँको अनुदान विनियोजन गरेको छ ।

कार्यालयका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा. अनन्त कोइरालाका अनुसार सहकारीमार्फत दूध संकलन गर्ने किसानलाई प्रति लिटर ५ रुपैयाँका दरले अनुदान दिइने व्यवस्था गरिएको हो । उनका अनुसार यो कार्यक्रमले साना किसानलाई संगठित बनाउन, पशुपालन व्यवसायलाई आकर्षक बनाउन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन सहयोग गर्नेछ ।

अनुदान लिन किसानले कार्यालयमा सूचीकृत दूग्ध उत्पादन सहकारीमार्फत दूध संकलन गराउनुपर्ने कार्यविधि बनाइएको छ । सहकारीमार्फत मात्र रकम वितरण हुने भएकाले किसानले संकलित दूधको प्रमाण पेश गर्नुपर्नेछ ।

गत वर्ष १० लाख रुपैयाँ विनियोजन गरिएकोमा यस वर्ष रकम बढाएर १५ लाख पुर्‍याइएको छ । गत आर्थिक वर्ष ०८१–०८२ मा गोरखा नगरपालिका–१४ को बुढीकोटी दुग्ध उत्पादन सहकारीले मात्र आवेदन दिएको भए पनि यसपटक सिरानचोक र पालुङटार नगरपालिकामा सहकारी स्थापना प्रक्रिया सुरु भएकाले अन्य किसानले पनि लाभ लिन सक्ने विज्ञ केन्द्रले जनाएको छ ।

पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवद्र्वन कार्यक्रम अन्तर्गत ‘उत्पादनमा आधारित प्रोत्साहन सहयोग’ नाम दिइएको यस अनुदानमार्फत करिब ३ लाख लिटर दूधमा सहयोग पुर्‍याइनेछ । सहकारीले दैनिक कम्तीमा २०० लिटर दूधको कारोबार गरेको हुनुपर्ने शर्तसहित मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago