गोरखा । गोरखा मेमोरियल अस्पतालले इशाई धर्मावलम्बीलाई मात्र ५० प्रतिशत छुट दिने सूचना सम्प्रेषण गरेको आरोपपछि जिल्ला प्रशासन कार्यालय गोरखाले अनुगमन समिति गठन गरेको छ।
गोरखा नगरपालिका–१० छेपेटारस्थित उक्त अस्पतालले सञ्चालन मापदण्ड पूरा गरेको/नगरेको र सहुलियतप्रति उठेको प्रश्नको अध्ययन गर्न समिति गठन गरिएको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिमा कोष तथा लेखा नियन्त्रण कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा, प्रदेश अस्पताल गोरखा तथा गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका प्रतिनिधि रहेका छन्।
समितिलाई तत्काल अनुगमन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। यसअघि अस्पतालले अनुग्रह मण्डलीका पास्टर सुनिल धिताललाई पठाएको पत्रमा ३५ वर्ष माथिका प्रत्येक विश्वासीलाई ५० प्रतिशत छुट कार्ड उपलब्ध गराउने उल्लेख गरिएको थियो।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…