Categories: समाचार

गोरखा बजारमा गुडिरहेको मोटरसाइकलमा आगलागी

गोरखा । गोरखा सदरमुकाममा गुडिरहेको मोटरसाइकलमा शुक्रबार दिउँसो अचानक आगलागी भएको छ।

गोरखा नगरपालिका–८ को खोलखोले क्षेत्रमा बा. ९९ प १९९७ नम्बरको एनएस २०० पल्सर मोटरसाइकलमा आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो। गोरखा बजारबाट ठिगुरेश्वरातर्फ जाँदै गरेको मोटरसाइकलमा सवार हितेष श्रेष्ठ सुरक्षित रहेका छन्।

आगलागी सुरु भएपछि नजिकैका स्थानीयवासी र व्यवसायीले तत्काल आगो निभाउने सिलिन्डर प्रयोग गरी आगो नियन्त्रणमा लिएका थिए। प्रहरीले मोटरसाइकलमा आगलागी हुनाका कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

आगलागीका कारण मोटरसाइकलमा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखाबाट “धर्म नीति आधारित महाअभियान” सुरु हुँदै, शक्तिपीठ र गुरुकुल निर्माणमा जोड

गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…

56 years ago

गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सम्पन्न, शुक्लागण्डकी (टिम बी) विजेता

गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…

56 years ago

स्थानीय परिकार र संस्कृतिको प्रवर्द्धन गर्न गोरखामा महोत्सव

गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…

56 years ago

गोरखामा वैशाख ३ देखि अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता सुरु

गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…

56 years ago

गण्डकीमा एसईई २०८२ : ४३ हजार बढी विद्यार्थी सहभागी, कास्की अग्रस्थानमा

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा…

56 years ago

गोरखामा ‘दोस्रो जेसीज फुटसल प्रतियोगिता २०२६’ आयोजना हुने

गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै…

56 years ago