गोरखामा विद्युत लाइन सट हुँदा स्वास्थ्य चौकीमा आगलागी, मानवीय क्षति भने भएन

समाचार

बिराज त्रिपाठी

७ जेठ २०८० । गोरखाको शहिदलखन गाउँपालिका वडा नं ७ स्थित बुङ्कोट स्वास्थ्य चौकीमा आइतबार विहान करिब साढे चार बजे विद्युत लाइन सट हुँदा आगलागी भएको छ ।

स्थानीयका अनुसार स्वास्थ्य चौकीको स्टोर कक्षबाट सुरु भएर आगलागी अन्य कोठामा पनि फैलिएको जनाएको छ भने स्टोर र हलमा भएको सबै सामग्री जलेर नष्ट भएको र आगलागीबाट स्वास्थ चौकीका प्रशासन शाखामा भएका कागजपत्र लगायत अन्य कोठामा भएको औषधी पुर्ण रुपमा जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको जानकारीमा आएको छ ।

स्वास्थ चौकीमा आगलागी लागेको जानकारी पस्चात स्थानीय, जनप्रतिनिधि, बुङकोट रेडक्रस, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगाका आगो नियन्त्रणको प्रयास थालेको र आगलगाी नियन्त्रणका लागि गोरखा नगरपालिकाको दमकल समेत प्रयोग गरि आगो नियन्त्रणमा लिगेको स्थानीयले जनाएको छ । हाल स्वास्थ्य चौकीमा आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको समेत जानकारीमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *