गोरखा । सिरानचोक गाउँपालिकामा रहेका ४१ वटा विद्यालयका प्रधानाध्यापकबीच ‘समय विचलन र हाम्रा चाडपर्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पर्व समय सुधार राष्ट्रिय समाज, जिल्ला समिति गोरखाको आयोजनामा चोरकाटेमा आयोजित कार्यक्रममा हिन्दु नेपाली समाजका चाडपर्वमा देखिएका समयसम्बन्धी विचलनबारे विस्तृत जानकारी दिइएको थियो ।
जिल्ला अध्यक्ष तुलसा मरहट्टाका अनुसार पछिल्लो समय नेपाल सरकारले पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति बनाएर बिक्रम सम्बतको महिनामा देखिएका विकृति सच्याउने कार्यलाई अघि बढाइरहेको छ । यसै क्रममा विभिन्न जिल्लामा यस्ता अन्तरक्रिया कार्यक्रम भइरहेको उनले बताइन् ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपप्राध्यापक कल्याण पन्त र पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सचिव हरी नारायण मल्लले वर्षको आरम्भ, बिक्रम सम्बतमा देखिएका विकृति, तिथि–मिति निर्धारणमा पञ्चाङ्ग निर्णायक समितिको कमजोरीलगायत विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
अन्तरक्रियामा सहभागी प्रधानाध्यापकहरूले चाडपर्वलाई एकरुपता दिने र भ्रम रहित ढङ्गले पालना गर्न यस्ता कार्यक्रम उपयोगी भएको धारणा राखेका थिए ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…