रामेछापको सुनापती ३ स्वारा बाट काठमाडौ आउदै गरेको बा ३ ख ८३९६ नम्बरको बस लुभु मा दुर्घटना हुदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको छ ।
घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ, काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् ।
यसैबीच दुर्घटनामा परी घाइते भएर उपचारका लागि धुलिखेल पठाइएका चार जनाको पनि उपचारको क्रममा निधन भएको छ । अस्पतालमा निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ बर्षिय रामबहादु श्रेष्ठ, सोही वडाका २४ बर्षिय बृद्ध तामाङ र बर्ष ६० का नेमा तामाङ रहेको छ । अस्पतालमा मृत्यु भएका एक जनाको भने सनाखत हुन बाँकी रहेको छ ।
हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छन भने ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…