काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
सनाखत हुनेमा नेपाली सेनाका अमल्दार दैलेखका बमबहादुर भण्डारी, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशी–६ का ७५ वर्षीय इन्द्रबहादुर झाँकी र रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङ रहेका छन्। अन्य चार जनाको पहिचान खुल्न बाँकी छ।
बनेपाबाट सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो। बसमा २४ जना सवार रहेकोमा १६ जना घाइते भएका छन्। घाइतेहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
