आर्थिक

सिद्वि गणेश सहकारीको १५औं सभा सम्पन्न, ६८ लाख नाफा

गोरखा। गोरखा सदरमुकाममा रहेको श्री सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं साधारण सभा सम्पन्न गरेको छ।

साधारण सभामा गत आर्थिक वर्षमा संस्थाले ६७ लाख ७७ हजार १८ रुपैयाँ खुद नाफा कमाएको कोषाध्यक्ष विशाल राना मगरले जानकारी दिएका छन्।

सभाको उद्घाटन गर्दै गोरखा नगरपालिका मेयर कृण्ण बहादुर राना मगरले सहकारी संस्थाले समाज र देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नगर क्षेत्रमा रहेका उत्पादन तथा उपभोक्ता सहकारीहरू रुग्ण अवस्थामा पुगेको बताउँदै, यस्ता सहकारीहरूलाई बचत तथा ऋण सहकारीमार्फत ऋण लगानी गर्ने नीति आवश्यक भएकोमा जोड दिए।

साधारण सभामा सचिव श्रवण कुमार जोशीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष विशाल राना मगरले आर्थिक प्रतिवेदन पेश गरे।

संस्थाका अध्यक्ष शरद कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रशासकीय अधिकृत एवं सहकारी शाखाका प्रमुख चेत प्रसाद अंगाई, वडा नं. ६ का वडाध्यक्ष राजेन्द्र कुमार जोशी (दिलिप), संस्थाका सल्लाहकार कृण्ण कुमार श्रेष्ठ, पत्रकार महासंघका जिल्ला अध्यक्ष नरेन्द्र ढकाल, महिला शेयर सदस्य श्रृजना पाण्डे बस्नेत र पुरुष शेयर सदस्य कपिल बावु अर्यालले शुभकामना मन्तब्य राखेका थिए।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago