पोखरा । ४७ सय मिटरको उचाइमा अवस्थित लोमन्थाङमा विश्वकै सबैभन्दा उच्च स्थानमा हुने चर्चित गल्फ प्रतियोगिता ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण आगामी भदौ २८ र २९ गते आयोजना हुने भएको छ।
आयोजक मुस्ताङ गल्फ कोर्सका प्रवन्ध निर्देशक इन्द्रधारा विष्टले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै यस वर्ष नेपालसहित विभिन्न देशका करिब ५५ देखि ६० जना गल्फरले सहभागिता जनाउने बताए। नेपालका उत्कृष्ट ४ प्रोफेसनल गल्फरबीच छुट्टै प्रतिस्पर्धा हुने र विजेताले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।
यसपटक प्रतियोगिता अघिल्ला संस्करणजस्तै ९ होलमा सीमित नभई १८ होलमा हुनेछ। सर्वाधिक चासोको विषय ‘होल इन वान’ का लागि विशेष सजावटसहितको घोडा पुरस्कार राखिएको छ, जुन विश्वकै अद्वितीय आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ।
एम्योचरतर्फ विजेतालाई आकर्षक ट्रफी प्रदान गरिनेछ भने विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, क्लोजेस्ट टु द पिन, मस्ट बर्डिज र लङ्गेस्ट ड्राइभतर्फ छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ।
‘टी फर क्लाइमेट’ भन्ने शीर्षकमा हुने प्रतियोगिताले जलवायु संकटप्रति विश्वको ध्यानाकर्षण गराउँदै वातावरणीय सचेतना फैलाउने लक्ष्य राखेको छ। कार्यक्रममा ख्यातिप्राप्त लोक, आधुनिक र सेलो कलाकारहरूको विशेष प्रस्तुति समेत रहनेछ।
प्रतियोगिता सफल बनाउन लोमन्थाङ गाउँपालिका र गण्डकी प्रदेश सरकार प्रवद्र्धकका रुपमा रहेका छन् भने प्रभु बैंक, सिटी एक्सप्रेस, बाह्रसिंगे बियर, जर्मन बेकरी, सोल्टी पानी लगायतका संस्थाले प्रायोजन गरेका छन्।
आयोजक विष्टका अनुसार, लोमन्थाङको गल्फ कोर्सलाई विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको आकर्षक गल्फ कोर्सका रुपमा स्थापित गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउने अभियान समेत अघि बढाइएको छ।
गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…
पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…
गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…
गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…
गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…
गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…