गोरखामा प्रथम पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता चैत २७ गते देखि हुने

खेलकुद समाचार

गोरखा, फागुन १३ । जिल्ला भलिबल संघ गोरखाको आयोजनामा प्रथम पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको छ। आगामी चैत २७ गते देखि ३० गतेसम्म प्रथम गोरखा जिल्ला अन्तर पालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८० आयोजना गरिने आयोजकले जनाएको छ।

गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा जिल्लामा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि तथा युवा युवतीलाई कुलतमा फस्न नदिई खेलमा सक्षम बनाउने लक्ष्यका साथ नेपालको राष्ट्रिय खेल भलिबलको आयोजना गरिएको गोरखा भलिबल संघ गोरखाका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए। चार दिन चल्ने खेलमा जिल्लामा ११ वटा पालिकाबाट पुरुष र महिला गरी एक/एक टिमका स्थानीय तहका खेलाडीले सहभागी जनाउने छन्।

प्रतियोगितामा प्रथम हुने टिमले ७० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए । यस्तै द्धितिय र तृतीय हुने टिमले क्रमश ४० हजार, २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सानत्वनालाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । सानत्वना हुने टिमले नगद १५ हजारको साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । यता खेलका विभिन्ना विधामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । अध्यक्ष गुरुङका अनुसार खेलका सर्वोकृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छन् । यस्तै उकृष्ट डिफेन्डर, उकृष्ट सेटर, उकृष्ट ब्लकर, उकृष्ट सर्भर, उकृष्ट स्पाईकर, उकृष्ट प्रशिक्षक र उदयमान खेलाडीलाई पनि दुई र दुई हजारका दरले पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

प्रतियोगिता भरीका खेलहरु लिगकम नकआउटको आधारमा वेष्ट अफ ३ मा खेलाइने संघका अध्यक्ष गुरुङले बताए । फाइनल खेल भने वेष्ट अफ ५ मा खेलाइने बताएको छ । प्रतियोगितामा सहभागिता जनाउनका लागी टिम दर्ता शुल्क पुरुष तथा महिला दुबै तर्फ ६/६ हजार तोकिएको छ ।

भलिबल प्रतियोगिता गर्नका लागी कुल साढेँ १२ लाख जति खर्च लाग्ने आयोजकले अनुमान गरिएको छ भने प्रतियोगिता दश हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । साथै प्रतियोगितामा भलिबल बाहेक हास्य एवम मनोरञ्जनत्मक कार्यक्रम पनि सञ्चालन गरिने आयोजकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *