Categories: समाचार

‘नेपो किड’ ट्रेन्ड : राजनीतिक परिवारका सन्तानमाथि युवाको आक्रोश

गोरखा । पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’ (NepobabyNepal) ट्रेन्ड तीव्र बनेको छ । यसलाई मनोरञ्जनको ट्रेन्ड नभई युवापुस्ताले भ्रष्टाचारविरुद्ध चलाएको अभियानका रूपमा लिइएको छ ।

केही समय अघि फिलिपिन्समा यो अभियान सञ्चालनमा आएको थियो । जसमा फिलिपिन्सका राजनीतिज्ञ र सरकार मातहत हरका सन्तानको जीवनशैलीमाथि प्रश्न उठाएको थियो । त्यस्तै नेपालमा पनि राजनीतिक परिवारका सन्तानहरूलाई लक्षित गर्दै यो ट्रेन्ड फैलिएको हो ।

युवा पुस्ताले राजनीतिक तथा प्रभावशाली व्यक्तिहरूका सन्तानलाई लक्षित गर्दै उनीहरूको विलासी जीवनशैलीबारे प्रश्न उठाएका छन् । टिकटकमा #PoliticiansNepoBabyNepal ह्यासट्यागसहित बनाइएका भिडियोमा नेताका छोराछोरीले देखाउने महँगा गाडी, विदेशमा अध्ययन, वैभवशाली जीवनलाई करदाताको पैसामाथिको अन्यायसँग तुलना गरिएको छ ।

रेडिटमा समेत युवाले आक्रोश पोख्दै लेखेका छन्, “सामान्य युवाले रोजगारीकै लागि विदेशिनुपर्ने बाध्यता छ, तर नेताका सन्तान करदाताको पैसामा विदेशमा विलासी जीवन बिताइरहेका छन्।”

यो अभियानले प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्मका सन्तानको जीवनशैलीमाथि प्रश्न उठाएको छ । कतिपय भिडियोमा भनिएको छ– “के उनीहरूले आफ्नो दक्षता र मेहनतका कारण यो जीवन पाए, वा आफ्ना बुबाआमाको भ्रष्ट शक्ति र सम्पत्तिका कारण ?”

युवाहरूले यो ट्रेन्डलाई केवल भर्चुअल प्लेटफर्ममा सीमित नराखी सडकसम्म लैजाने चेतावनी दिएका छन् । रेडिटमा भएको छलफलअनुसार सोमबार बानेश्वरसहित देशका विभिन्न स्थानमा प्रदर्शनको तयारी समेत भइरहेको छ ।

तर, यसबारे केही युवाबीच असहमति पनि छ । कतिपयले ‘अभिभावकको गल्तीका लागि छोराछोरीलाई सार्वजनिक रूपमा सजाय दिनु गलत हुने’ भन्दै यसले निजी जीवनमा नकारात्मक असर र साइबर बुलिङलाई बढावा दिन सक्ने चेतावनी दिएका छन् ।

यसरी, ‘नेपो किड’ ट्रेन्डले एकातर्फ भ्रष्टाचार र असमानताविरुद्ध युवा पुस्ताको असन्तुष्टि उजागर गरेको छ भने अर्कोतर्फ यसको सामाजिक प्रभावबारे बहस पनि सुरु भएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago