गोरखा । सिरानचोक गाउँपालिका–६ खैरेनीबनस्थित ७२ वर्षीय गर्बे गुरुङको घरमा सोमबार मध्यान्ह लागेको आगलागीबाट घर पूर्णरुपमा नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार काठ र जस्ताले बनेको घरमा विद्युत् मिटर बक्स सर्ट भई आगलागी भएको अनुमान गरिएको छ।
आगलागी भएको खबर पाएपछि प्रहरी चौकी नयाँसाँधुबाट खटिएको टोली र स्थानीयवासीले करिब तीन घण्टापछि दिउँसो ३ः४० बजे आगो नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।
गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…
काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…
गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…
पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…