गोरखा मान्वुमा आगोलागी हुँदा तीनवटा घर जलेर नष्ट

समाचार

गोरखा । गोरखामा शनिबार साँझ आगोलागी हुँदा तीनवटा घर जलेर नष्ट भएको छ।

जिल्लाको आरुघाट गाउँपालिका–१ मान्वुस्थित स्याम्चेत गाउँ बस्ने पूर्णबहादुरको घरमा खाना बनाउन आगो बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर शनिबार साँझ करिब साँढे ६ बजेको समयमा लागेको आगो फैलिएर उनका दुइ छोराहरू बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आगलागीबाट तीन घर तथा घर भित्र रहेको सरसामान, लत्ताकपडा र अन्नपात पूर्णरूपमा जलेर नस्ट भएको र सोही घर सँगै रहेको बीरबहादुर लामाको घरमा पनि सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

आगोलागी भएको खबर पाउन साथ घटनास्थलमा मान्वु प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । साथै स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको उनले बताए ।

आगलागीबाट पशुचौपाय तथा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *