गोरखा । गोरखामा व्यवसाय गर्न चाहने तथा गरिरहेका व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध गराउन गोरखा उद्योग वाणिज्य संघ र एनआईएमबी बैंकबीच सम्झौता भएको छ ।
सो सम्झौता सदरमुकाममा मंगलबार सम्पन्न कार्यक्रममा संघका अध्यक्ष भगवानबावु मास्के र बैंकका गोरखा शाखा प्रमुख मिलन सिंह बस्नेतले हस्ताक्षर गरेका हुन् ।
संघले पत्रकार सम्मेलन गर्दै सम्झौताअनुसार संघमा आबद्ध व्यवसायीहरुले संघको सिफारिसमा सहुलियत ऋण लिन सक्ने जानकारी गराएको छ । अध्यक्ष मास्केका अनुसार यसले गोरखाका व्यवसायीलाई व्यापार–व्यवसाय थप सहज बनाउन मद्दत गर्नेछ ।
सम्झौताअनुसार व्यवसाय कर्जा, घर कर्जा, सवारी कर्जा, व्यक्तिगत कर्जा, शेयर कर्जा र शैक्षिक कर्जा गरी ६ प्रकारका सहुलियत ऋण उपलब्ध हुनेछन् । सामान्य ऋणीले पाउने भन्दा ०.५ देखि ३ प्रतिशतसम्म कम व्याजदरमा लगानी हुने र सेवा शुल्कमा समेत छुट दिइने शाखा प्रमुख बस्नेतले बताए ।
उनका अनुसार व्यवसायीहरुले ५० हजारदेखि २५ करोडसम्म ऋण लिन सक्नेछन् भने सम्पूर्ण कागजपत्र पुरा भएमा ७ देखि १० दिनभित्र ऋण प्रवाह गरिनेछ ।
कार्यक्रममा पूर्व अध्यक्ष शित्तलकाजी मास्के, ईश्वरकाजी मास्के, रामबावु जोशी, निर्वतमान अध्यक्ष कृण्णकुमार श्रेष्ठसहित संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…