Categories: समाचार

महाअष्टमीमा गोरखकाली र मनकामना मन्दिरमा श्रद्वालुको घुइँचो

गोरखा । महान चाड बडादसैंको नवौं दिन अर्थात् महाअष्टमीका अवसरमा आज गोरखाको गोरखकाली र मनकामना मन्दिरमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ ।

वैदिक सनातनी परम्परा अनुसार आश्विन शुक्ल अष्टमीका दिन नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विशेष पूजा–आराधना गर्ने चलन रहिआएको छ । तिथि वृद्धि भएकाले यस वर्ष महाअष्टमी नवौं दिन परेको हो ।

मनकामना मन्दिरका मुल पुजारी ईन्सान बहादुर थापाका अनुसार दिउँसो २ः३० बजेसम्म करिब पाँच हजार भक्तजनले देवी मनकामनाको दर्शन गरेका छन् । उनले करिब १५० भन्दा बढी पशुबली दिइएको जानकारी दिएका छन् । कालरात्रीको अवसरमा राति हटियाबाट मालश्री आउने, गुठी र थकाली समुदायले सामूहिक होम गर्ने तथा आधा चन्द्रमा डुब्ने समयमा कालो बोका बलि दिने प्रचलन रहेको उनले बताए ।

यस्तै गोरखाकाली मन्दिरमा पनि बिहानदेखि श्रद्धालुको घुइँचो लागेको मुल पुजारी सारदा प्रसाद भट्टराईले बताए । उनका अनुसार दिउँसो २ः३० बजेसम्म करिब पाँच हजारले गोरखाकाली माताको दर्शन गरिसकेका छन् । परम्पराअनुसार यस दिन राँगाको बलि दिने चलन भए पनि सरकारले बजेट कटौती गरेपछि यस वर्ष पाँच वटा मात्र राँगाको बलि दिइएको छ भने बाँकी २८ वटा कुभिण्डो र केराले प्रतिस्थापन गरिएको छ । त्यस्तै ३०० भन्दा बढी बोलाबलीका कुपन वितरण गरिएको र चण्डीको १३औं अध्यायको हवन पनि सम्पन्न भएको उनले जानकारी दिए ।

मुल पुजारी भट्टराईका अनुसार कालरात्रीको अवसरमा राति ११ बजेपछि विशेष पूजा तथा भेडाको बलि दिइनेछ । अष्टमी पूजा सम्पन्न गरेपछि दुर्गा आराधनाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म वितरण गरिने धार्मिक मान्यता छ ।

नवरात्रमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दै आएका छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago