गोरखा । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन्। चुमनुब्री गाउँपालिका–३ न्याकफेदी नजिकै शुक्रबार दिउँसो झरेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभालाई पुरेको गाइड रमेश भट्टले जानकारी दिए।
उनका अनुसार दिउँसो करिब २ बजेतिर भीरबाट खसेको ढुंगाले रस्कोभालाई पुरेको हो। “टाउकोमात्र देखिएको छ, उहाँको श्रीमान् र मचाहिँ सकुशल छौँ,” भट्टले भने।
घटनाको समयमा त्यहाँ ठूलो पर्यटक समूह रहेको भए पनि लगातार पहिरो खस्ने डरले तत्काल उद्धार प्रयास गर्न नसकिएको उनले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालका अनुसार घटनास्थल बस्तीदेखि निकै टाढा रहेको र उद्धारका लागि फिलिम चौकीबाट प्रहरी टोली पठाइएको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…