Categories: समाचार

गोरखा सदरमुकाममा बस दुर्घटना : २२ जना घाइते, ९ जना चितवन रिफर

गोरखा । गोरखा सदरमुकाम नजिक आज दिउँसो भएको बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्। गोरखा–नारायणगढ रुटमा चल्ने ना ४ ख १४१९ नम्बरको यात्रुबाहक बस गोरखा नगरपालिका–११, बाह्र किलो क्षेत्रको जंगलमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको छ।

दुर्घटना आइतबार दिउँसो करिब १:३० बजे भएको हो। प्रहरीका अनुसार नारायणगढतर्फ गइरहेको बस अचानक नियन्त्रण बाहिर जाँदा सडकबाट तल खसेको थियो। बस सडकको मोड नजिकै अनियन्त्रित बनेपछि दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीको छ।

दुर्घटनामा घाइते भएका २२ जनामध्ये गम्भीर तथा मध्यम गम्भीर चोट लागेका ९ जनालाई चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकल जानकारी दिए।
त्यस्तै अन्य १० जनाको गोरखा अस्पतालमै उपचार भइरहेको छ।

प्रहरीका अनुसार बाँकी ३ जना भने उपचारका लागि कहाँ पुगे भन्ने खुलेको छैन। उनीहरू प्रहरी सम्पर्कमा आइसकेका छैनन्। प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको जनाएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा, अग्नि नियन्त्रण टोली र प्रहरीको सहयोगमा तत्काल उद्धार कार्य गरिएको थियो। बसमा बालबालिका, महिला, ज्येष्ठ नागरिकसहितका यात्रु भएको हुँदा उद्धारमा केही समय लागेको प्रहरीले जनाएको छ।

दुर्घटना भएको स्थान साँघुरो, घुम्ती र जंगलयुक्त भएकाले त्यहाँ अक्सर दुर्घटना हुने जोखिम रहँदै आएको स्थानीयवासी बताउँछन्। बस सडकबाट करिब २०–३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइतेहरूको विस्तृत विवरण


(सूची प्रहरीले उपलब्ध गराएको विवरणअनुसार)

१) पवित्रा थापा, ३१ वर्ष , कालीका नगरपालिका–५, चितवन
२) सिता कुमारी बस्नेत, ६६ वर्ष, गोरखा नगरपालिका –३
३) प्रेमकुमारी थापा, ५० वर्ष, गोरखा नगरपालिका–३
४) राज किशोर सारु, २८ वर्ष, आँबुखैरेनी गाउँपालिका, तनहुँ
५) मनोज कुमार शाह, ५३ वर्ष, सिम्रनगंज नगरपालिका–३, बारा
६) पदम कुमारी बिक, ४२ वर्ष, गोरखा नगरपालिका–३
७) निरु मायाँ श्रेष्ठ, ५६ वर्ष, गोरखा नगरपालिका –१२
८) मनिराज गुरुङ, २५ वर्ष, बारपाक सुलिकोट गाउँपालिका–८
९) शुष्मा बिक, २८ वर्ष, गोरखा नगरपालिका–९
१०) बसुन्धरा जोशी, ६१ वर्ष, गोरखा नगरपालिका–६
११) अनुष्का बस्नेत, १२ वर्ष, गोरखा नगरपालिका –३
१२) अनुष बस्नेत, १४ वर्ष, गोरखा नगरपालिका–३
१३) मंगली परियार, ४२ वर्ष, शहीद लखन गाउँपालिका–४
१४) स्वस्तिका सुनार, शहीद लखन गाउँपालिका–१
१५) अर्नक बिक, ७ वर्ष, शहीद लखन गाउँपालिका–१
१६) संगिता बस्नेत, ३५ वर्ष, भरतपुर महानगरपालिका–५, चितवन
१७) आधरी प्याकुरेल, ७ वर्ष, भरतपुर महानगरपालिका-५, चितवन
१८) ईश्वर बहादुर बस्नेत, गोरखा नगरपालिका –३
१९) जालु मायाँ बिक, ४७ वर्ष, गोरखा नगरपालिका –९

चितवन पठाइएका ९ घाइते


यी घाइतेहरूलाई गम्भीर चोट लागेकाले चितवनको नयाँ मेडिकल कलेज रिफर गरिएको प्रहरीकाे भनाइ :

सिता कुमारी बस्नेत

निरु मायाँ श्रेष्ठ

बसुन्धरा जोशी

अनुष्का बस्नेत

अनुष बस्नेत

संगिता बस्नेत

आधरी प्याकुरेल

ईश्वर बहादुर बस्नेत

जालु मायाँ बिक

जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिका अनुसार,
“बस एक्कासि अनियन्त्रित हुँदा दुर्घटना भएको देखिन्छ। घाइतेहरूको अवस्था निरीक्षण भइरहेको छ। सम्पर्कमा नआएका ३ यात्रुको अवस्थाबारे छानबिन भइरहेको छ।”

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

बैतडीमा धनगढीबाट जाँदै गरेको बस दुर्घटना, १६ जना घाइते

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख…

57 years ago

गोरखामा अध्ययन सुरु भएको पुरातात्विक भग्नावशेष मल्लकालीन महादेव मन्दिर भएको पुष्टि

गोरखा, असार १९ ।  गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष…

57 years ago

गोरखामा कालो सिसा हटाउने अभियान : २४ सवारीसाधनबाट कालो सिसा र स्टिकर हटाइयो

गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४…

57 years ago

असई थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो…

57 years ago

दैलेख दुर्घटना : एक जनाको शव फेला, उद्धार तथा खोजी जारी

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख…

57 years ago

लुम्बिनीसम्म फैलियो मनसुन, आज काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी…

57 years ago