Categories: समाचार

घैरुङ पिपलछापमा माघेसक्रान्ति मेला २०८२, १५ हल गोरु जुधाइ र हिमालय देवी कप हुने

गोरखा । शहिद लखन गाउँपालिका–६ घैरुङ पिपलछापको खेलमैदानमा माघेसक्रान्ति मेला २०८२ आयोजना हुने भएको छ। हिमालय देवी युवा क्लबको आयोजनामा पुस २६ देखि माघ १ गतेसम्म मेला सञ्चालन हुनेछ।

मौलिक संस्कार–संस्कृतिको संरक्षण र खेलकुद विकास उद्देश्यले आयोजना हुने मेलामा १५ हल गोरु जुधाइ, बाह्रौं शहिद लखन हिमालय देवी कप फुटबल प्रतियोगिता, दौड, हस्तकला प्रतियोगिता, कृषि तथा पशु प्रदर्शनी र विविध सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण रहने क्लबका अध्यक्ष केशरबहादुर गुरुङले जानकारी दिए।

माघ १ गते हुने गोरु जुधाइमा ए र बी ग्रेड गरी दुई चरणमा प्रतिस्पर्धा हुनेछ। ए ग्रेड विजेताले १५ हजार र उपविजेताले १० हजार तथा बी ग्रेड विजेताले ८ हजार र उपविजेताले ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

फुटबलतर्फ प्रथमले १ लाख ५० हजार र द्वितीयले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ५/५ हजार नगद प्रदान गरिनेछ। टोली दर्ता पुस २५ गतेसम्म गर्न सकिने आयोजकले जनाएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago