Categories: समाचार

खिचडी बोकेर गोरखाबाट गोरखपुरसम्म : परम्परा, आस्था र सम्बन्धको यात्रा

गोरखा । माघी नजिकिँदै गर्दा गोरखाको गोरखनाथ मन्दिर परिसर आज बिहान फरक दृश्यमा जाग्यो। बाजागाजाको ताल, भक्तजनको भीड र हातमा श्रद्धाले बोकेको खिचडी। यही दृश्यसँगै गोरखाबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरको गोरखनाथ मन्दिरसम्मको ऐतिहासिक ‘खिचडी यात्रा’ सुरु भयो।

यो यात्रा केवल एक ठाउँबाट अर्को ठाउँसम्मको पदयात्रा होइन, दुई देशबीच सदियौँदेखि गाँसिँदै आएको धार्मिक र सांस्कृतिक सम्बन्धको प्रतीक हो। प्राचीनकालदेखि माघी पर्वका अवसरमा गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरस्थित गोरखनाथ मन्दिरमा खिचडी पठाउने चलन थियो। समयसँगै करिब दुई दशकभन्दा बढी समय रोकिएको यो परम्परा तीन वर्षअघि पुनर्जीवित गरिएको हो।

गौमाता सेवा महासंघ गोरखाका अध्यक्ष होमसिंह बस्न्यातका अनुसार हराउँदै गएको परम्परालाई जोगाउने र गोरखनाथ तथा कालिका मन्दिरको प्रचार–प्रसार गर्ने उद्देश्यले खिचडी यात्रा निरन्तर गरिँदै आएको छ। “यो यात्रा आस्थाको निरन्तरता हो,” उनी भन्छन्, “यसले गोरखा र गोरखपुरबीचको ऐतिहासिक सम्बन्धलाई फेरि जीवन दिएको छ।”

चामल, मासको दाल, घ्यू, नुन र बेसार मिसाएर तयार गरिएको खिचडी गोरखनाथ मन्दिरबाट प्रसादका रूपमा बोकिन्छ। करिब ५० जनाको टोलीसहित यात्रा आज भैरहवा पुग्ने र माघ १ गते गोरखपुरस्थित गोरखनाथ मन्दिरमा खिचडी चढाइने कार्यक्रम छ। परम्पराअनुसार माघीका दिन ब्रह्ममुहूर्तमा खिचडी चढाएपछि मात्र त्यहाँ भोग लाग्ने विश्वास छ।

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरका अनुसार खिचडी यात्राले धार्मिक आस्थासँगै पर्यटनको ढोका पनि खोल्दैछ। “यो परम्परा पुनः सुरु भएसँगै गोरखा जिल्लामा धार्मिक पर्यटक बढ्ने सम्भावना छ,” उनी भन्छन्, “साथै नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध अझ बलियो हुनेछ।”

श्रद्धा, इतिहास र संस्कृतिको संगम बनेको खिचडी यात्रा आज एउटा धार्मिक अनुष्ठान मात्र होइन, गोरखाको पहिचान र गौरव बोकेको कथा बनेर अघि बढिरहेको छ। गोरखाबाट गोरखपुरसम्म फैलिएको यो यात्राले हराउँदै गएको परम्परालाई फेरि जीवित बनाउँदै पुस्तौँ–पुस्तासम्म जोडिराख्ने आशा जगाएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago