धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलामा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
बिहान करिब ७ बजेतिर दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढी जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०८ नम्बरको डिलक्स बस आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। ठक्करपछि दुवै बस सडकछेउको चिया पसलतर्फ जाँदा त्यहाँ चिया खाइरहेका एक ट्रीपर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम हालसम्म खुल्न सकेको छैन।
दुर्घटनामा चिया पसलका घरधनी अन्दाजी ५०/५१ वर्षका राजु थापा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
प्रहरी चौकी महादेवबेशीबाट प्रहरी नायब निरीक्षक विष्णु नेपालीको कमाण्डमा १/५ को जनशक्ति तथा इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरी टोलीले दुर्घटनापछि बिहान ८ बजेदेखि एकतर्फी रुपमा राजमार्ग सञ्चालनमा ल्याएको छ।
दुवै बसका चालकहरू प्रहरी नियन्त्रणमा रहेका छन्। दुर्घटनासम्बन्धी अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…