भदौ ३० । गोरखामा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
गोरखा सिरानचोक गा.पा. वडा नं.४ अमराई स्थित गोरखा भच्चेक सडकखण्डमा भच्चेकबाट गोरखा तर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बसले विपरीत
दिशाबाट जाँदै गरेको ग ७ प १५१० नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा गम्भिर घाइते भएको २७ बर्षका राम लाल कुमालको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिगि थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
