Categories: समाचार

रामेछापमा बस दुर्घटना, ६ जनाको मृत्यु

ओखलढुंगा । रामेछापस्थित तामाकोसी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ त्रिवेणी घाट नजिक दुर्घटना भएको हो।

सशस्त्र प्रहरीका अनुसार दुर्घटनामा परी ५ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल खुर्कोट पठाइएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये २ जना पुरुष र ४ जना महिला रहेका छन्, मृतकहरुको सनाखत हुन बाँकी छ।

बस सडकबाट करिब २० मिटर तल तामाकोसी नदीमा खसेको थियो। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। बसमा कति जना सवार थिए भन्ने खुल्न बाँकी रहेको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago