काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार केही जनप्रतिनिधि आचारसंहिता विपरीत दल तथा उम्मेदवारको प्रचारमा संलग्न भएको गुनासो आएपछि आयोगले यस्तो स्पष्टोक्ति दिएको हो। निर्वाचन आचारसंहिताको दफा ५ (क) को देहाय ४ अनुसार स्थानीय तहका जनप्रतिनिधिले आफ्नो कार्यक्षेत्रभित्र कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारमा भाग लिन नपाउने व्यवस्था छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ देखि १८ गते राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने आयोगले जनाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न आयोगले सबै पक्षलाई अनुरोध गरेको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…