देशभर १० लाखभन्दा बढी नयाँ मतदाता थपिए

समाचार

काठमाडौं । देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनबारे सिंहदरबारमा सोमबार जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलको संख्या ११४ पुगेको छ । २०७९ सालको निर्वाचनमा ८७ दल सहभागी भएकामा यसपटक दल संख्या बढेसँगै प्रतिस्पर्धा पनि बढ्ने आयोगको अनुमान छ ।

निर्वाचनका लागि आवश्यक ५१ प्रकारका सामग्री पहिचान गरिएको जनाउँदै भट्टराईले ३७ सामग्री जिल्लास्तरबाट खरिद गरिने र १४ सामग्री आयोगले केन्द्रीय रूपमा उपलब्ध गराउने जानकारी दिए ।

आयोगले निर्वाचनको अनुकूल वातावरण बनाउन सुरक्षा निकाय तथा सरकारसँग निरन्तर छलफल र समन्वय गरिरहेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *