गोरखा ।
नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २९ लाख ८२ हजार ५३० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका खत्रीले मंगलबार आयोगमा चुनावी खर्चको विवरण पेश गरेका हुन्।
उनीले बुझाएको विवरण अनुसार सबैभन्दा बढी सवारी साधन भाडा तथा इन्धनमा १० लाख रुपैयाँ खर्च भएको छ। त्यसैगरी प्रचारप्रसारमा ५ लाख १४ हजार, सभा तथा भेटघाटमा ५ लाख, कार्यालय सञ्चालनमा ४ लाख ९५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
यस्तै, मिडिया खर्चमा २ लाख ६० हजार र कार्यकर्ता व्यवस्थापन तथा प्रचारप्रसार सामग्री ढुवानीमा २ लाख ९ हजार ५ सय रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। विविध शीर्षकमा ३ हजार ४३० रुपैयाँ खर्च भएको पनि उनले उल्लेख गरेका छन्।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च सीमा तोकेको छ। आयोगले भौगोलिक अवस्था, पहुँच र सेवा सुविधाका आधारमा १६५ निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन गर्दै २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सीमा निर्धारण गरेको थियो।

