खेलकुद

गोरखामा ‘दोस्रो जेसीज फुटसल प्रतियोगिता २०२६’ आयोजना हुने

गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै “दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६” आयोजना गर्ने भएको छ।

गोरखा नगरपालिका–९ दलभञ्ज्याङस्थित फुटसल ग्राउण्डमा चैत २० र २१ गते सञ्चालन हुने प्रतियोगितामा देशभरका विभिन्न जेसीज शाखाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामार्फत युवाहरूमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

गोरखा जेसीज गोरखा वर्ष २०२६ का अध्यक्ष जेसी सुजित श्रेष्ठले प्रतियोगिताले गोरखालाई खेलकुद तथा पर्यटनको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम संयोजक जेसी समीर कुँवरका अनुसार प्रतियोगिता व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गरिनेछ।

प्रतियोगिताको विजेता टोलीले रु. ५५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले रु. ३५ हजारसहित ट्रफी र मेडल पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ।

आयोजकले प्रतियोगिता सफल बनाउन सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा खेलप्रेमीहरूलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago