२०८३ बैशाख ९, बुधबार
मनिश लामा मोक्तान
गोरखा । पछिल्लो समय गोरखा जिल्लामा फुटबल प्रतियोगिताप्रति आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। युवाहरूको सक्रिय सहभागिता र स्थानीय क्लबहरूको पहलले जिल्लाको खेलकुद संस्कृतिलाई थप जीवन्त बनाइरहेको छ। यही क्रमलाई निरन्तरता दिँदै राईजीङ स्टार कप २०८३ को चौथो संस्करण आयोजना हुने भएको छ।
राईजीङ स्टार युथ क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी वैशाख २३ गतेदेखि २६ गतेसम्म गोरखा नगरपालिका–१२ स्थित अडाईगाउँ खेलकुद मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितालाई भव्य र प्रतिस्पर्धात्मक बनाउन आवश्यक तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।
यस वर्ष प्रतियोगिता ९ ए साइड (9-A-Side) ढाँचामा तथा नकआउट प्रणाली अनुसार सञ्चालन गरिनेछ। प्रत्येक खेल निर्णायक हुने भएकाले सहभागी टोलीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. १,०१,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद रु. ५०,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट गोलकर्तालाई जनही रु. ५,००० सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
यस्ता प्रतियोगिताले स्थानीय स्तरमा फुटबलप्रतिको उत्साह बढाउनुका साथै प्रतिभाशाली खेलाडीहरूको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। गोरखामा बढ्दै गएको खेलकुद गतिविधिले भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…