गोरखा । नेपालमा २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको १० वर्ष पूरा भएको छ। २०१५ अप्रिल २५ (१२ वैशाख २०७२) का दिन बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पपछि वैशाख १३ र वैशाख २९ गते शक्तिशाली परकम्पहरू जाँदा थप क्षति पुगेको थियो। उक्त विपद्ले काठमाडौँ उपत्यकासहित देशका १४ जिल्लालाई अत्यधिक प्रभावित बनाएको थियो।
भूकम्पका कारण करिब ९ हजार जनाको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए। लाखौँ मानिस घरबारविहीन भई विस्थापित हुन बाध्य भएका थिए। ६ लाखभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका थिए भने धरहरा, दरबार स्क्वायर लगायत सयौँ ऐतिहासिक तथा सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो।
सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रामेछाप, ओखलढुङ्गा, गोरखा, धादिङ, मकवानपुर, सिन्धुली, रसुवा, सोलुखुम्बू लगायतका जिल्लामा सबैभन्दा बढी प्रभाव परेको थियो।
वि.सं. १९९० सालपछिको सबैभन्दा ठूलो मानिएको यस भूकम्पले नेपालको भौतिक संरचना मात्र नभई सामाजिक–आर्थिक क्षेत्रमा समेत गम्भीर असर पारेको थियो। अहिले पुनर्निर्माणका धेरै काम सम्पन्न भए पनि भूकम्पको सम्झना अझै ताजा रहेको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…