Categories: समाचार

घाटु नाचले गोरखा गुञ्जायमान, संरक्षणमा चुनौती

गोरखा । गोरखाका मगर र गुरुङ समुदायमा प्रचलित ऐतिहासिक घाटु नाच यतिबेला गाउँबस्तीमा पुनः जीवन्त बनेको छ। वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डीपूर्णिमाबाट सुरु हुने यो परम्परागत नाच पञ्चमीसम्म विभिन्न स्थानमा निरन्तर प्रस्तुत हुँदै आएको छ।

गोरखा नगरपालिका–१० बिरिन्चोक बजारमा मगर संघको अगुवाइमा घाटु पर्व विशेष उत्साहका साथ मनाइँदैछ। धार्मिक आस्था र सामाजिक एकताको प्रतीक मानिने यस नाचको सुरुवात प्राचीनकालमा गाउँमा फैलिएका विपत्ति र रोग हटाउन देवीदेवताको आराधनासँगै भएको विश्वास गरिन्छ।
घाटु नाचको कथा सोह्रौँ शताब्दीका राजा परशुराम र रानी चम्पावतीको जीवन यात्रामा आधारित छ। प्रेम, राजकाज, वनवासदेखि शिकारसम्मका प्रसंग गीत र नृत्यमार्फत प्रस्तुत गरिँदा दर्शक ऐतिहासिक कथामा डुब्ने गरेका छन्।

यस नाचमा ‘घाटुकी कन्या’ विशेष विधिअनुसार चयन गरिन्छ। उनीहरूलाई इष्टदेवीसहित विभिन्न देवस्थलमा पूजा गराएर आँखा बन्द अवस्थामा नाच्न तयार पारिन्छ। मातातीर्थ औँसीदेखि अभ्यास सुरु भई पूर्णिमामा चण्डीमाई मन्दिरमा पूजा गरेपछि नाचले पूर्णता पाउने परम्परा छ।

घाटु जात्राले गाउँबाहिर रहेका बासिन्दालाई समेत एकै ठाउँमा भेला गराई सामाजिक सम्बन्ध मजबुत बनाउने काम गरेको छ। गुरु खमबहादुर राना र नवगुरु गिरिजा आलेका अनुसार नाच सुरु गर्न सात दिदीबहिनीलाई आह्वान गरिन्छ र एकपटक सुरु भएपछि समापन नहुँदासम्म निरन्तर नाचिरहने चलन छ।

घाटुसँगै चुड्का, भाले घाटु र पाङदुरेजस्ता अन्य लोकनृत्य तथा गीतले पनि माहोल थप उल्लासमय बनाएका छन्। तर नयाँ पुस्तामा घट्दो रुचि र गाउँबाट बसाइँसराइका कारण यस्तो मौलिक परम्परा संकटमा पर्ने चिन्ता बढ्दो छ।

समुदायस्तरमा संरक्षणका प्रयास भइरहे पनि घाटु नाचलाई दीर्घकालीन रूपमा जोगाइराख्न थप पहल र संस्थागत सहयोग आवश्यक देखिएको छ।

 

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago